बागमती प्रदेशमा मन्त्रालयको भागबण्डा टुंगीयो

मंगलबार, ०८ साउन २०८१, १६ : १५

काठमाडौँ- बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच मन्त्रालय बाँडफाँट भएको छ। 

कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको छ। 

नेकपा एमालेले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय लिने सहमति भएको छ। यसैबीच मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिं लामाले‍ दावी पेस गरेका छन्। लामालाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रदेश प्रमुखको तयारी छ। मन्त्रीहरूलाई भोलि बिहान ११ बजे शपथ ग्रहण गराउने प्रदेश प्रमुख कार्यालयले तयराी गरेको छ ।

मंगलबार, ०८ साउन २०८१, १६ : १५

प्रतिक्रिया