काठमाडौँ - प्रहरीले जुम्लाको कनकासुन्दरी गाउँपालिका- ५ का २१ वर्षीय नवीनराज बडूवाललाई बलात्कारको आरोपमा पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाका अनुसार साउन ५ गते राति ११ बजे बडुवालले किशोरीलाई ललाइफकाई गरी उनकै घरमा बलात्कार गरेका थिए। बडुवाल ट्याक्टर चालक हुन्। उनले तिलागुफा नगरपालिकामा रहेकी पीडितको घरमा गई जबरजस्ती गरेको प्रहरीको भनाइ छ । बडुवाललाई पाँच दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ भने, किशोरीलाई स्वास्थ्य जाँच गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
प्रतिक्रिया