काठमाडौँ - वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा (तामाङ) नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले मङ्गलवार साँझ नेपाली काँग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्ति गरेको पत्र हस्तान्तरण गर्दै कार्यकाल सफलताको शुभकामनासमेत दिएका थिए ।
माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै वाग्मतीमा काँग्रेस–एमालेको सरकार निर्माण भएको हो । मङ्गलवार बिहान काँग्रेस र एमालेका ६४ सांसदको हस्ताक्षरसहित लामाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री दाबीका लागि आज साँझ ५ बजेसम्मको समयसीमा तोकेका थिए ।
प्रतिक्रिया