डिल्लीबजार १६९ सबै सामान पाइने मार्ट खुल्यो

मंगलबार, ०८ साउन २०८१, १७ : ३७

काठमाडौँ - काठमाडौँको डिल्लीबजारमा हरेक सामान १६९ रुपैयाँ पाइने गरी मार्कस १६९ मार्ट खुलेको छ । 

किचेन आइटम, स्टेशनरी, कस्मेटिक तथा हार्डवेयरसम्मका सामानहरू १६९ रुपैयाँमा किन्न पाइने मार्ट सञ्चालक सोनाम शेर्पाले जानकारी दिए । डिल्लीबजार सिटिजन्स बैङ्कसँगै खुलेको मार्टमा हरेक सामान उक्त मूल्यमा पाइने भएको हो ।  उक्त मार्टको अभिनेता आकाश श्रेष्ठले उद्घाटन गरेका थिए। 

दिनप्रतिदिन महँगी बढिरहेको बेला एउटै ठाउँमा सस्तोमा सामान उपलब्ध गराउने उद्देश्यका साथ मार्ट खोलेको सञ्चालक शेर्पाको भनाइ छ । आफूलाई आवश्यक पर्ने सामानहरू एउटै छानामुनि त्यो पनि सस्तोमा पाउने भएपछि ग्राहकहरूलाई निकै लाभदायी हुने अपेक्षा मार्टको छ ।

 

 

मंगलबार, ०८ साउन २०८१, १७ : ३७

प्रतिक्रिया