सिद्धार्थ राजमार्गको हिउँदे खोलामा सडक भासियो

मंगलबार, ०८ साउन २०८१, १८ : २४

काठमाडौँ - सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका ५ हिउँदे खोला नजिक सडक भासिएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाले निरन्तरको वर्षाले उक्त स्थानमा झन्डै ६० मिटर सडक भासिएको जनाएको हो । सडकको तल्लो भागमा रिटेनिङ वाल र माथिल्लो भागमा सडक चौडा गरेको भएपनि सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले जानकारी दिए । 

सडक भासिए पनि यातायात भने सुचारु छन् । यो खण्डमा दुई वर्ष अगाडि पनि सडक भासिँदा यात्रुले एक हप्ता बढी सास्ती भोग्नु परेको थियो । अहिले फेरि सडक भासिँदा यात्रु र सवारीसाधन जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् ।

मंगलबार, ०८ साउन २०८१, १८ : २४

प्रतिक्रिया