काठमाडौँ - मदन पुरस्कार गुठीले मदन पुरस्कार-२०८० का लागि छनोट भएका पुस्तकको सूची सार्वजनिक गरेको छ।
गुठीले पाँच पुस्तकको नाम सार्वजनिक गरेको छ। छनोटमा परेका कृतिमा भक्त स्याङतानको डम्फुको आत्मालाप (कथासङ्ग्रह), जीवन क्षेत्रीको नुन-तेल (गैर आख्यान), भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि (प्रेमपत्र सङ्ग्रह), मोहन मैनालीको मुकाम रणमैदान (इतिहास) र रोशन थापा 'नीरवुको सन्त्रासका साठी दिन (उपन्यास) छन्।
यिनै पाँच पुस्तकमध्येको एक कृतिले २०८० सालको मदन पुरस्कार पाउनेछ। गुठीले ३०४ वटा कृति प्राप्त भएकोमा पाँच कृति छनोट गरेको जनाएको छ। गुठीले २०७२ सालदेखि गुठीमा प्राप्त पुस्तकहरूमध्येबाट बढीमा दश पुस्तक छनोट गरी सूची सार्वजनिक गर्दै आएको छ। २०७५ सालबाट पुरस्कारको राशि चार लाख रुपियाँ छ।
प्रतिक्रिया