लुम्बिनी संसदीय दलका नेता गिरिले दिए राजिनामा

बुधबार, ०९ साउन २०८१, १० : ३०

काठमाडौँ-नेकपा (एमाले) लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दलको नेताबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ ग्रहण गरेलगत्तै बुधबार बिहान उनले राजीनामा दिएको एमाले सांसद भोजप्रसाद श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार गिरीले आफूले राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन् ।  दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाएपछि उनी असन्तुष्ट छन् । लुम्बिनीमा गिरी मुख्यमन्त्री बन्ने पक्का भएका बेला अन्तिममा आचार्यलाई अगाडि बढाइएको थियो । आचार्य लुम्बिनीको मुख्यमन्त्री नियुक्त भइसकेका छन् । 

बुधबार, ०९ साउन २०८१, १० : ३०

प्रतिक्रिया