महिला र बालिकालाई जबरजस्ती गर्ने  तीनजना पक्राउ

बुधबार, ०९ साउन २०८१, १० : ५७

काठमाडौँ-  एक जना महिला र बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । अर्का एक जना फरार छन् । 

बनगाड कुपिण्डे नगरपालिका –१ बुरेलीस्थित माइतीघरमा सुतेकी २३ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत असार ३१ गते राति १२ बजेतिर तीन जना व्यक्तिहरु महिलाको माइतीघरमा जवर्जस्ती प्रवेश गरेर महिलालाई घिसार्दै घरवाहिर बार्दलीमा ल्याएर जबरजस्ती करणाी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जवरजस्ती करणीको आरोपमा बनगाड कुपिण्डे नगरपालिका –१ देवस्थल बस्ने वर्ष २१ को वसन्त बुढा र जाजरकोटको जुनीचाँदे ८ घर भई हाल वनगाड कुपिण्डे नगरपालिकाको देवस्थल बस्ने वर्ष २४ को मानबहादुर रावतलाई पक्राउ गरिएको जानकारी दिए।  उनका अनुसार उनीहरुले घरभित्र सुतिरहेकी नावालक छोरासहितका महिलालाई जवर्जस्ती तान्दै घिसार्दै कोठा वाहिर बार्दलीमा ल्याएर संवेदनशील अङ्गमा समात्दै जबरजस्ती उद्योग गरेको र प्रतिवादीमध्येको एक जनाले फेरि महिलालाई बार्दलीबाट घिसार्दै ३० फिट टाढा शौचालय नजिकै लगेर बलात्कार गरेका थिए ।

जवर्जस्ती करणी गरेर फरार रहेका उनीहरुलाई पीडित महिलाले साउन १ गते जाहेरी दिएपछि जिल्ला अदालतबाट पक्राउपूर्जी लिएर प्रहरीले खोजतलास गर्ने क्रममा सल्लीबजार नजिकबाट पक्राउ गरिएको हो ।  एकजना फरार प्रतिवादीको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैविच घरमा टेलिभिजन हेर्न आएकी पाँच वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका –१ बस्ने ३८ वर्षीय ताराबहादुर घर्तीलाइ पक्राउ गरिएको जिल्ला प्रहारी कार्यालय सल्यानले जनाएको छ । 

बुधबार, ०९ साउन २०८१, १० : ५७

प्रतिक्रिया