भक्तपुरमा बसले पैदल यात्रीलाई ठक्करदिँदा एक जनाको मृत्यु

बुधबार, ०९ साउन २०८१, ११ : २८

काठमाडौं- भक्तपुरमा यात्रुबाहक बसले पैदल यात्रीलाई ठक्करदिँदा एक जनाको मृत्यु भएको छ। 

मंगलबार राति भक्तपुर नगरपालिका– ६ डेकोचा स्थित व्यासीबाट कमलबिनायक तर्फ जाँदै गरेको  बागमती ३ ख ५०८० नं। बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी उपरीक्षक राजन कार्कीले जानकारी दिए। उनको पहिचान खुलेको छैन।  ठक्कर दिने बस र बस चालक हेटौंडाका ४५ को अहमद हुसेनलाई प्रहरीले पक्राउ गरेको छ। 

बुधबार, ०९ साउन २०८१, ११ : २८

प्रतिक्रिया