दुर्घटना भएको दुई घन्टापछि सञ्चालनमा आयो  विमानस्थल

बुधबार, ०९ साउन २०८१, १३ : १४

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ बजेर ५३ मिनेटदेखि सञ्चालनमा आएको छ । 

आज बिहान ११ बजे तिर काठमाडौंबाट पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै दुर्घटना भएपछि उडान तथा अवतरण प्रभावित बनेको थियो । दुर्घटना भएको झण्डै दुई घन्टापछि सञ्चालनमा आएको सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।

बुधबार, ०९ साउन २०८१, १३ : १४

प्रतिक्रिया