काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी गम्भीर घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रधानमन्त्री ओलीले बुधबार साँझ अस्पताल पुगेर घाइते क्याप्टेन शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । सो क्रममा प्रधानमन्त्री ओलीले शाक्यको उपचारमा संलग्न चिकित्सक र परिवारजनसँग पनि कुराकानी गरेका थिए। बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ भन क्याप्टेन शाक्य घाइते भएका छन्। जहाजमा सौर्य एयरलाइन्सका कर्मचारी र केही कर्मचारीका परिवारका सदस्य थिए।
प्रतिक्रिया