आगामी कार्यदिशा तय गर्न रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

विहीबार, १० साउन २०८१, ०७ : ५२

काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समितिको बैठक बस्दै छ । महामन्त्री र पार्टी प्रवक्ताबाट मुकुल ढकाललाई बर्खास्त गरेपछि रास्वपा केन्द्रीय समितिको यो पहिलो बैठक हो ।

आज बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।


 

विहीबार, १० साउन २०८१, ०७ : ५२

प्रतिक्रिया