लोकल कन्फरेन्स ओफ युथ २०२४ मा युवाहरूको एक्यवद्ध

विहीबार, १० साउन २०८१, १३ : २५

काठमाडौँ - लोकल कन्फ्रेन्स अफ युथ २०२४ ले वर्तमान समयको सबैभन्दा महत्त्वपूर्ण मुद्दा जलवायु परिवर्तनको सामना गर्न देशभरका युवा जलवायु अभियन्ता, विद्यार्थी, बालबालिका र विविध भाषा तथा संस्कृतिका अगुवाहरूलाई एकै ठाउँमा ल्याउने भएको छ । 

आगामी श्रावण १९ र २० गते काठमाडौँमा हुन लागेको यस सम्मेलनको उद्देश्य युवा आवाजलाई सशक्त बनाउनुका साथै जलवायु परिवर्तन र दिगो विकासका लागि सामूहिक प्रयासलाई बढावा दिनु हो । युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल (यासेन) र सस्टेनेबिलिटी वीक काठमाडौँ  (एसडब्लुके) को संयुक्त आयोजना र युनिसेफ नेपाल  नेवस्ट लिडर्स इनिसियटिभ फोर सस्टेनबिलीटी ( नेलिस नेपाल  वर्ल्डस युथ फर क्लाइमेट जस्टिस  सँगको साझेदारीमा आयोजित एलकोय नेपाल २०२४ मा राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडीसी) मा बालबालिका र युवा संलग्नता  जलवायु परिवर्तनद्वारा हानि र क्षतिको सम्बोधन  युवा क्षमता विकास र नेटवर्किङ र जलवायु उत्थानशीलताका लागि आदिवासी र स्थानीय ज्ञान  समावेश गर्ने जस्ता महत्त्वपूर्ण विषयमा केन्द्रित वर्कसप कार्यशाला, प्यानल छलफल, क्षमता विकास साथै अन्तरक्रियात्मक सत्रहरू हुनेछन्।

कार्यक्रममा विद्यार्थी, युवा पेसाकर्मी, अधिकारकर्मी र विभिन्न क्षेत्रका प्रतिनिधि गरी २०० जना भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ । "युवा परिवर्तनका उत्प्रेरक हुन्, दिगो विकासका लक्ष्य हासिल गर्न युवाको सक्रिय सहभागिता आवश्यक छ,"एल्कोय नेपाल २०२४ की फोकल पोइन्ट दीक्षा सुवेदीले भने। । उनको अनुसार, "एल्कोय नेपाल २०२४ ले युवाहरूलाई आफ्ना विचारहरू साटासाट गर्न, समान विचारधारा भएका व्यक्तिहरूसँग नेटवर्क गर्न र हाम्रा समुदायहरूले सामना गरिरहेका जलवायु चुनौतीहरूलाई सम्बोधन गर्न कार्ययोग्य योजनाहरू विकास गर्न एक प्लेटफर्म प्रदान गर्दछ।" एल्कोय नेपाल २०२४ ले युथ एक्स्पोको आयोजना गर्नुका साथै युवाहरूको नेतृत्वमा नवप्रबर्तनात्मक परियोजनाहरू र पहलहरूको प्रदर्शन गर्नेछ १ गए एक्स्पोको उद्देश्य नेपालका युवाहरूले जलवायु समस्याहरूको सामना गर्न र परियोजना विस्तार र सहकार्यको प्लेटफर्म प्रदान गर्न विकसित गरिरहेका रचनात्मक समाधानहरू उजागर गर्नु हो।

यसै सम्मेलन का अर्का फोकल पोइन्ट अङ्कित पौडेलले भने, “हामीलाई विश्वास छ कि युवा नेताहरूलाई सशक्तीकरण गरेर र उनीहरूलाई आवश्यक उपकरण र ज्ञान प्रदान गरेर, हामी एक तरङ्ग प्रभाव सिर्जना गर्न सक्दछौँ जसले नेपालभरका समुदायहरूलाई लाभान्वित गर्नेछ। “युवा सम्मेलन नेपाल २०२४ दिगो र जलवायु अनुकूल भविष्यको यात्राको महत्त्वपूर्ण कदम हो,"उनले भने। एल्कोय नेपाल २०२४ का लागि सहभागिता दर्ता यही आषाढ १४ गतेदेखि खुला भएको छ । थप जानकारीका लागि र दर्ता गर्नका लागि यहाँहरुले एल्कोय नेपालको सामाजिक सञ्जालहरूमा अथवा  [email protected] मा इमेल गर्न सक्नुहुनेछ । एल्कोय नेपाल एक अग्रणी गैर नाफामुलक पहल हो जुन युवा सशक्तीकरण र दिगो विकासका लागि समर्पित छ । 

 

 

विहीबार, १० साउन २०८१, १३ : २५

प्रतिक्रिया