गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

विहीबार, १० साउन २०८१, १७ : ०१

काठमाडौँ - मन्त्रिपरिषद् बैठकले लीलादेवी गड्तौलालाई  मुख्य सचिव नियुक्त गरेको छ । 

सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।उनलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले कामु मुख्यसचिव बनाएको थियो । योसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । यसअघि उनी प्रधानमन्त्री कार्यालयको सिनियर सचिव भएका कारण कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । उनी कानुन सेवाबाट सचिव भएकी थिइन् । 


 

विहीबार, १० साउन २०८१, १७ : ०१

प्रतिक्रिया