काठमाडौँ - एक भारतीय नागरिकलाई स्रोत नखुलेको नेपाली रुपैयाँसहित रौतहट प्रहरीले पक्राउ गरेको छ ।
नेपालतर्फ आउँदै गरेको बिआर ३० एसी ७९१४ नम्बरको भारतीय मोटरसाइकललाई जाँच गर्ने क्रममा ४ लाख ४० हजार स्रोत नखुलेको रकमसहित भारतको सितामढी बैरगनिया- ८ असोगीका ४७ वर्षीय प्रदीपकुमार बर्मालाई गौर नगरपालिका- २ स्थित भन्सार ईलाकाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटका एसपी बिक्रम हुमागाईंले जानकारी दिए ।
बर्माले रकम मोटरसाइकलको भाईजरभित्र लुकाई ल्याएका थिए । मोटरसाइकल र पक्राउ परेका बर्मालाई कारबाहीका लागि गौर भन्सार कार्यालय बुझाएको एसपी हुमागाईंले बताए ।
प्रतिक्रिया