हेटौँडामा खोलाले बगाउँदा एक जनाको मृत्यु

विहीबार, १० साउन २०८१, १७ : ४४

काठमाडौँ - हेटौँडामा राप्तीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । 

राप्ती खोलाबाट अन्दाजी ३० वर्षीय पुरुषको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए । 

फेला परेका पुरुष राजु पन्त रहेको र उनी विगत केही समयदेखि हेटौँडा–१ जरुवाटोलमा बसोबास गरी तरकारी लोडअनलोडको काम गर्ने गरेको भनेर स्थानीय निरू आले मगरले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

विहीबार, १० साउन २०८१, १७ : ४४

प्रतिक्रिया