अधिकारी योजना आयोगको उपाध्यक्षमा  नियुक्त

विहीबार, १० साउन २०८१, १७ : ५३

काठमाडौँ - सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पाल्पाका अधिकारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।उनी त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख हुन् । त्यस्तै आयोगको सदस्यमा आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन  र गंगादत्त अवस्थीलाई नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।
 

विहीबार, १० साउन २०८१, १७ : ५३

प्रतिक्रिया