लगानी बोर्डद्वारा २ खर्ब ७१ अर्बको लगानी स्वीकृत

विहीबार, १० साउन २०८१, १८ : ०८

काठमाडौँ - लगानी बोर्डको कार्यालयले गत आर्थिक वर्षमा २ खर्ब ७१ अर्ब २६ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ ।

आर्थिक वर्ष २०८०\८१ मा बोर्डले ९ वटा परियोजनाका लागि २ खर्ब ७१ अर्ब रुपैयाँभन्दा बढीको लगानी स्वीकृत गरेको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डबाट भएको प्रभावकारी समन्वय र सहजीकरणको परिणामस्वरूप उल्लेख्य लगानी भित्र्याउने गरी स्वीकृत गरिएको बताए ।

यस्तै २०८१ जेठ २२ मा अरुण तेस्रो जलविद्युत परियोजनाको हेडरेस टनेलको ‘ब्रेकथ्रु’ भएपछि उक्त परियोजनाको जेनेरेशनतर्फ ७५ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भएको छ ।

विहीबार, १० साउन २०८१, १८ : ०८

प्रतिक्रिया