माओवादीको पदाधिकारी बैठक बस्दै, के होला विशेष अधिवेशन ?

शुक्रबार, ११ साउन २०८१, ०९ : ११

काठमाडौं – सरकारबाट बाहिरिएपछि पहिलोपटक नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भएको हो । बैठकले के निर्णय गर्ला भनेर निकै चासोपुर्वक हेरिएको छ ।

बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । साथै पार्टीका आन्तरिक गतिविधि, पार्टी सङ्गठन सुदृढीकरण, जनतासँग जाने विषयहरूमा र पार्टीको समग्र आगामी रणनीतिका बारेमा छलफल हुने एक केन्द्रीय सदस्यले बताए । बहुचर्चित विशेष अधिवेशन बारे सोधिएको जिज्ञासामा उनले भने,‘ माओवादीमा अब विशेष अधिवेशन हुँदैन । विभिन्न समूहमा छरिएर रहेका पूर्व माअ‍ेवादी घटकहरुबीच एकता गर्ने भनेर एकताको प्रस्ताव आउन सक्छ ।’
यति नै बेला माओवादी नेता राम कार्कीले दिएको एउटा अन्तर्वार्ता पनि माओवादी पंक्तिमा निकै चर्चाको विषय बनेको छ । उनले माओवादी आन्दोलनको रक्षा गर्ने हो भने अहिले पार्टीले लिएको नीति र नेतृत्व दुवै परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । यसबाट माओवादीमा अध्यक्ष प्रचण्डको विकल्पको बारेमा प्रश्न उठिरहेको बुझ्न सकिन्छ । यसैबीच एक युवा नेताले यसपटकको पदाधिकारी बैठक निकै महंगो हुने बताएका छन् । यसबाट पनि माओवादीमा निकै ठूलो पराकम्पन आइरहेको बुझ्न सकिन्छ ।  

शुक्रबार, ११ साउन २०८१, ०९ : ११

प्रतिक्रिया