भारतीयमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव पर्‍यो : गभर्नर अधिकारी

शुक्रबार, ११ साउन २०८१, १२ : ४९

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कोरोना महामारीका कारण भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव परेको बताएका छन् ।

आर्थिक वर्ष २०८१\८२ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले भारतीय बजारमा मूल्य बढ्दा नेपालमा प्रभाव परेको बताएका हुन् । यसबाहेक रुस युक्रेन युद्धका कारणले समेत नेपालमा मूल्यवृद्धिको कारण बनेको अधिकारीले बताए । यस्तै  चालू वर्षका लागि सरकारले ६ प्रतिशतको मूल्यवृद्धि लक्ष्यभित्रै रहने प्रक्षेपण राष्ट्र बैंकले गरेको उनले बताए ।

भारतमा दाल, चालम लगायतको मूल्य बढ्दा र रुसु युक्रेन युद्ध तथा खाडीमा जारी युद्धका कारण नेपालमा खाद्यान्नको मूल्य बढ्न सक्ने भने जोखिम कायमै रहेको बैंकको भनाइ छ । यद्यपि चालू वर्षमा सरकारले लिएको लक्ष्य भित्रै मुद्रास्फीति बढ्ने राष्ट्र बैंकको अनुमान छ ।
 

 

शुक्रबार, ११ साउन २०८१, १२ : ४९

प्रतिक्रिया