बैंकहरुको सम्पत्ति व्यवस्थापन गर्न कम्पनी खडा गर्ने राष्ट्र बैंकको नीति

शुक्रबार, ११ साउन २०८१, १३ : ०७

काठमाडौँ - बैंक तथा वित्तीय संस्थाको निस्किृय सम्पत्ति र गैह्र बैंकिङ सम्पत्ति व्यवस्थापन गर्ने नीति लिएको छ ।

यसका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाका लागि सम्पत्ति व्यवस्थापन कम्पनी ऐनको मस्यौदा तर्जुमा गर्ने भएको छ । आगामी वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो व्यवस्था गर्ने बताएका हुन् । सम्पत्ति व्यवस्थापन गर्नुपर्ने विषयमा विगत लामो समयदेखि विषय उठ्दै आइरहेको थियो । यही विषयलाई समाधान गर्ने गरी राष्ट्र बैंकले बैङ्कहरूको गैह्र बैकिङ सम्पत्ति व्यवस्था गर्ने लक्ष्यसहित कम्पनी नै खडा गर्ने नीति लिएको हो ।
 

शुक्रबार, ११ साउन २०८१, १३ : ०७

प्रतिक्रिया