काठमाडौँ - नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीको बचत रकम फिर्ता गराउन सरकारलाई सहजीकरण गर्ने भएको छ । आज मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सो कुराको जानकारी दिएका हुन् ।
नेपाल सरकारको २०८१\८२ को बजेट वक्तव्यमा उल्लेख भए बमोजिम बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्गाग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा रु। ५ लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनको लागि नेपाल सरकारलाई सहजीकरण गरिने मौद्रिक नीतिमा जनाएको छ ।
प्रतिक्रिया