काठमाडौँ - मोरङमा एक डाक्टर मृत फेला परेका छन् । उर्लाबारी- ५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ वर्षीय डाक्टर मनिषकुमार यादव कोठामा मृत भेटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
कोठामा अचेत अवस्थामा भेटिएको यादव अस्पताल पछाडि सरिता धिमालको घरमा डेरा गरी बस्दै र बिहिबार बिहान कोठामै मृत भेटिए प्रहरी निरीक्षक दासले बताए ।अहिले शव मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी ३ मङ्गल’दयगत राखिएको छ भने पोस्टमार्टमका लागि घोपा क्याम्प पठाउने तयारी भाइरहेको उनले बताए ।
प्रतिक्रिया