काठमाडौं - सिमलताल पहिरोमा बेपत्ता भएका बस र यात्रुको खोजीका लागि नयाँ प्रयोग थालिएको छ ।
१५ दिन अघि त्रिशूलीमा खसेर बेपत्ता भएका बस र यात्रुको खोजीका लागि चुम्बकको प्रयोग गरिएको छ । भारतबाट १९ किलो र १४ किलोका दुई वटा ठुला चुम्बक ल्याएर खोजी गर्न थालिएको चितवन प्रशासनले जनाएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार चुम्बक लगेर नदीका सम्भावित स्थान खसालिएको छ । चुम्बकमार्फत फलाम रहेको थाहा भएमा गोताखोरलाई पानीभित्र पठाइने उनले बताए । ‘चुम्बक लगेर नदीका सम्भावित स्थान खसालिनेछ । बस रहेछ भने त चुम्बक टाँसिइहाल्छ,’ यादवले भने, ‘चुम्बकमार्फत फलाम रहेको थाहा भएमा गोताखोरलाई पानीभित्र पठाइनेछ ।’
प्रतिक्रिया