काठमाडौँ - काठमाडौँ उपत्यकाका तीन जिल्लामा सञ्चालित पोलियो थोपा खुुवाउने अभियानमा हालसम्म २ लाख ३१ हजारभन्दा बढी बालबालिकाले पोलियो थोपा खाएका छन् ।
काठमाडौँ, भक्तपुर र ललितपुरमा यही साउन ९ गतेबाट सुुरु भएको अभियानको आज अन्तिम दिनसम्म उनीहरूले पोलियो थोपा खाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ ।
शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार सरकारले २ लाख ८० हजार बालबालिकालाई पोलियो थोपा खुुवाउने लक्ष्य लिएको छ । आज दिनभरमा सो लक्ष्य पूरा हुुने डा। गौतमले बताए ।
प्रतिक्रिया