चितवनमा डेङ्गी सङ्क्रमित ६४ जना

शनिबार, १२ साउन २०८१, १५ : ४३

काठमाडौँ - चितवनमा ६४ जना डेङ्गीका सङ्क्रमित भेटिएका छन् । तीन सय जनाको परीक्षणका क्रममा ६४ जनामा सङ्क्रमण देखिएको हो ।

सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गीको सङ्क्रमण बढेको छ । इच्छाकामना गाउँपालिकामा अहिलेसम्म ४५ जनामा डेङ्गीको सङ्क्रमण देखिएको उनले बताए । भरतपुर महानगरपालिकामा ६ जना रहेका छन् । डेङ्गीबाट जोगिने मुख्य उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो ।

शनिबार, १२ साउन २०८१, १५ : ४३

प्रतिक्रिया