वीर अस्पतालमा एक वर्षमा २४ वटा मिर्गौला प्रत्यारोपण

शनिबार, १२ साउन २०८१, १६ : ५१

काठमाडौँ - वीर अस्पतालले एक वर्षमा २४ वटा मिर्गौला प्रत्यारोपण गरेको छ। 

वीर अस्पतालको नेफ्रोलोजी विभाग पनि अरूभन्दा पुरानो र ठुलो मानिन्छ तर  स्वास्थ्यकर्मी तथा अन्य विविध कारणले मिर्गौला प्रत्यारोपण सेवाले अझै गति लिन सकेको छैन। कोभिड समयको पहिलो लकडाउन ९२०७६ चैत ११ गते०बाट वीरमा प्रत्यारोपण सेवा रोकिएको थियो। 

त्यसको ठिक दुई वर्षपछि पुन सञ्चालन गरिएको मिर्गौला प्रत्यारोपण सेवा हप्तामा ३ दिन  छ तर सेवा प्रभावकारी देखिएको छैन। अस्पतालका निर्देशक डा। सन्तोष पौडेलले आज वीरको ३५औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा भने, "हामीले यो वर्ष २४ वटा मिर्गौला प्रत्यारोपण गरेका छौँ, भोलिका दिनमा यो सेवा अझै बढाउँदै जाने कोसिस गर्छौँ।"

पछिल्लो समय अस्पतालमा नर्सलगायतका स्वास्थ्यकर्मीको कमीले लक्ष्य अनुरूपमा प्रत्यारोपण सेवा सञ्चालन गर्न नसकिएको अस्पतालले जनाएको। यस्तै वीर अस्पतालमा गत एक वर्षमा २० हजार ५२६  जनाले डाइलासिस सेवा लिएको अस्पतालले जनाएको छ।

यस्तै वीरले एक वर्षमा ३५ हजार २७६ जनालाई इमर्जेन्सी सेवा दिएको छ भने ,६ लाख १९ हजार ५१२ जनालाई ओपिडी सेवा दिएको छ। गत एक वर्षमा १८ हजार ४८६ जनाले अस्पतालमा भर्ना भएर उपचार गराएको अस्पतालले बताएको छ। धेरै सेवा  दिन सक्ने भए पनि स्वास्थ्यकर्मीको अपुग, कम बजेटलगायतले समस्या भएको अस्पतालका निर्देशक डा. पौडेलले बताए।

शनिबार, १२ साउन २०८१, १६ : ५१

प्रतिक्रिया