काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गुपचुप रुपमा संविधान संशोधन गर्ने कुरा जायज नभएको बताएका छन् ।
शनिबार पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालले यस्तो बताएका हुन् । कांग्रेस–एमालेले भनेको संविधान संशोधनको पर्दा पछाडि अर्कै कुरा लुकेको उनको भनाइ छ । उनले आफ्ना स्वार्थ पूरा गर्नका लागि अनेक जामा पहिरिएपनि वास्तविकता समयक्रम अनुसार उजागर हुने जिकिर गरे ।
साथै, अध्यक्ष नेपालले जनताको त्याग तपस्याबाट बनेको संविधानमा कुनै प्रकारको आघात नगर्न चेतावनी दिए ।
प्रतिक्रिया