काठमाडाैं- नारायणगढ मुग्लिन सडक खण्डको सिमताल पहिरोमा हराएको दुईवटा बस खाज्ने कार्यलाई रोक्ने तयारी भइरहेको छ । १७ दिनसम्म सिमताल पहिरोबाट हराएको बस नभेटिएपछि सरकारले रोक्ने भएको हो । शनिबार साझ स्थानीयले त्रिशूलीबीचमा देखिएको भनेर प्रहरीलाई खबर गरेको रातो वस्तु बस नभएको सुरक्षाकर्मीको तालिमप्राप्त उद्धार टोलीले हेरेपछि पुष्टि समेत गरेको छ ।
यसैबीच नौ दिनदेखि सिमलता पहिरोबाट त्रिशूलीमा खसेको बस र यात्रु खोज्न नेपाल आएर यहाँका उद्धार टोलीलाई सहायता गरेका भारतीय उद्धार टोली आज फर्किने निश्चित भएको छ । आजसम्म सक्दो प्रयास गरेपनि उपलब्धी नभएको र एक हप्ताको समय लिएर आएकोले समय पनि सकिइसकेको फर्किन लागेको हो । उनका अनुसार बिहान भारतीय उद्धार टोलीसँग चितवनका प्रमुख असार २८ गते भरतपुर महानगरको वडा नम्बर २९ मा पर्ने सिमलतालमा माथिबाट आएको लेदोसहितको पहिरोले दुई वटा बसलाई त्रिशूलीमा बगाएको थियो । दुई बसमा गरेर ६५ यात्रु सवार भएकोमा ३ जनाले ज्यान जोगाएका थिए ।
भने बाँकी यात्रु नदीमा नै बेपत्ता भएका थिए । बेपत्तामध्ये पनि १९ जनाको शव भेटेर पहिचान भएको छ । अन्य यात्रु भेटिएका छैनन् । केही भेटिएका शवको पहिचान खुलेको छैन । भने, त्रिशूलीमा हराएको दुबै बस अहिलेसम्म भेटिएको छैन ।
प्रतिक्रिया