कान्ति लोकपथ  पहिरोका कारण  अवरुद्ध

आइतबार, १३ साउन २०८१, १२ : ४७

काठमाडौँ - काठमाडौँबाट हेटौँडा जोड्ने  कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भएको छ । 

शनिवार राति परेका पानीका कारण आएको पहिरोले सडक अवरुद्ध बनाएको हो । मकवानपुरको महादेवटारमा पहिरोले सडकको ट्रयाक नै बनाएको छ । जस करण सडक खुल्न निकै समय लाग्ने बताइएको छ । कार्कीबास भन्ने ठाउँमा पनि पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।

उनका अनुसार करिब ५ ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको छ । बाटो खुलाउने प्रयास गरिए पनि धेरै ठाउँ बिगारेकाले समय लाग्ने उनले बताए ।

 

आइतबार, १३ साउन २०८१, १२ : ४७

प्रतिक्रिया