चोरी गरी भाग्दै गरेका एक जना युवक पक्राउ

आइतबार, १३ साउन २०८१, १२ : ५८

काठमाडौँ - चोरी गरी भाग्दै गरेको अवस्थामा एक जना युवक पक्राउ परेका छन् । 

नुवाकोट विदुर नगरपालिका-१७ घर भई काठमाडौँ महानगरपालिका- १६ ठमेल बस्ने १९ वर्षीय विकेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनले काठमाडौँ महानगरपालिका- ५ कालोपुल डेरा गरी बस्ने सुनसरी गढी गाउँपालिका घर भएका ५६ वर्षीय भूपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब १० लाख ७६ हजार ६ सय १० रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए । 

चोरी गरी भाग्दै गरेका उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उक्त गरगहना सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आइतबार, १३ साउन २०८१, १२ : ५८

प्रतिक्रिया