काठमाडौँ - काठमाडौँमा एटिएम तोडफोड गर्ने व्यक्ति पक्राउ परेका छन्।
आइतबार बिहान २:४४ बजे काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बालाजु चोकमा माछापुच्छ्रे बैङ्क लिमिटेडको एटिएम फुटाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
एटिएम तोडफोड गरिरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो। प्रहरीको टोलीले रौतहट यमुनामाई गाउँपालिका९१ घर भई काठमाडौँको कलङ्की बस्ने १८ वर्षीय राधेश्याम बैठालाई पक्राउ गरेको हो। उनीबाट प्रहरीले एउटा फलामको रड पनि बरामद भएको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया