समृद्धि फाइनान्सद्वारा प्रज्ञा स्मार्ट पार्कमा वृक्षारोपण

आइतबार, १३ साउन २०८१, १७ : ०७

काठमाडौँ - समृद्धि फाइनान्सको नारायणगढ शाखाले शनिवार वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । 

चितवनको भरतपुर १ स्थित प्रज्ञा स्मार्ट पार्कमा विभिन्न फलफूलका वृक्ष रोपण गरिएको थियो । कम्पनीले गत हप्ताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम साउन महिनाभर अन्य शाखा कार्यालयहरूबाट पनि गर्ने योजना रहेको बताएको छ । 

कम्पनीले हाल १३ वटा शाखा कार्यालयमार्फत नगद कारोबार,आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटेन्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।

 

 

आइतबार, १३ साउन २०८१, १७ : ०७

प्रतिक्रिया