सुदूरपश्चिमकी कृषि मन्त्री टीका थापा बर्खास्त

आइतबार, १३ साउन २०८१, १८ : २९

काठमाडौँ - सुदूरपश्चिम प्रदेशकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा बर्खास्त भएकी छिन् ।

मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले प्रदेश सभाको विशेष अधिवेशनमा सहभागी भएको भन्दै उनलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री सोडारीले विपक्षीको माग अनुसार आह्वान गरिएको विशेष अधिवेशनलाई बहिष्कार गर्ने रणनीति लिएका छन् । तर नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी भएकी मन्त्री थापा साउन ८ गते आह्वान गरिएको बैठकमा सहभागी हुन पुगेकी थिइन् । 

 

 

आइतबार, १३ साउन २०८१, १८ : २९

प्रतिक्रिया