स्कुल बस दुर्घटना : ५ वर्षका प्रिन्स र उनकी आमाको मृत्यू

सोमबार, १४ साउन २०८१, ११ : २३

काठमाडौँ-  पोखराको मट्टीखान नजिकै भएको स्कुल बस दुर्घटनामा घाइते भएकी बसकी सहचालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ३३ वर्षकी आरती विक छिन् ।र दुर्घटनामा एकजना विद्यार्थीको पनि मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल स्कुलमा पढ्ने ५ वर्षका प्रिन्स विकको मृत्यु भएको हो । 

 दुवै जनाको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको थियो । आरती स्कुल बसमा सहयोगी थिइन् । दुर्घटनामा २९ जना घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेज, मणिपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।  सोमबार बिहान विद्यार्थी लिएर आउने क्रममा एलपी देवकोटा मेमोरियल स्कुलको ग १ क ६२१८ नम्बरको बस सडकबाट पल्टिएको हो ।

सोमबार, १४ साउन २०८१, ११ : २३

प्रतिक्रिया