घाँटी रेटेर अज्ञात समूहले गर्‍यो एक युवाको हत्या

सोमबार, १४ साउन २०८१, १२ : १५

काठमाडौँ - नवलपरासीको पाल्हिन्दन गाउँपालिका–५ हर्दीमा अज्ञात समूहले २० वर्षीय रोशनकुमार बढइको घाँटी रेटी हत्या गरेको छ ।

बेलुका खाना खाएर सुतेका रोशनकुमार बिहान हत्या गरिएको अवस्थामा भेटिएका थिए । वलपरासी प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार परिवारका सअस्यले बिहान उठेर हेर्दा मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाइ शवलाई पृथ्वीचन्द्र अस्पताल पठाएको छ । रोशनको हत्या कसले र किन गर्‍यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार, १४ साउन २०८१, १२ : १५

प्रतिक्रिया