६५ प्रतिशतले बढ्यो भारतमा बाघको जनसङ्ख्या

सोमबार, १४ साउन २०८१, १३ : ०८

काठमाडौँ - भारतमा बाघको सङ्ख्यामा तीव्र  वृद्धि भएको छ । सन् २०१४ देखि सन् २०२४ को बिचमा त्यहाँ बाघको सङ्ख्या ६५ प्रतिशतले बढेको छ ।

सन् २०१४ मा देशभरमा कूल बाघको सङ्ख्या २ हजार २२६ थियो । यो अहिले बढेर ३ हजार ६८२ मा पुगेको छ ।भारतमा सन् १९७३ मा सरकारले पहिलो पटक टाइगर रिजर्भ बनाउने घोषणा गरेको थियो ।  सुरुवाती चरणमा देशभरमा नौ वटा टाइगर रिजर्भ बनाइएको थियो ।

हालै गरिएको घोषणापछि यो सङ्ख्या बढेर ५४ वटा पुगेको छ । भारतको केन्द्र सरकारले सन् १९७३ मा बाघ परियोजना सुरु गरेको थियो ।सन् २००६ मा सरकारले वन्यजन्तु संरक्षण ऐनमा ठुलो हेरफेर गरेको थियो । त्यसयता बाघ संरक्षणमा बृहत् स्तरमा काम भइरहेको छ ।एजेन्सी

 

 

 

सोमबार, १४ साउन २०८१, १३ : ०८

प्रतिक्रिया