सरकार विचौलियाको पक्षमा रहेको सांसद शर्माको आरोप

सोमबार, १४ साउन २०८१, १४ : ५९

काठमाडौं – नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले वर्तमान सरकार विचौलिया र दलालको पक्षमा खुलेर लागेको बताएकी छिन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरुत्साहित गर्न खोजेको आभास भएको भन्दै उनले सो कुरा बताएकी हुन  ।  
प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले कार्यकारी निर्देशक घिसिङलाई कुनै शासक चिढिँदैमा अघि बढ्नबाट नरोकिन आग्रह गरेकी छिन्। 

‘सरकारसँग काँधमा काँध मिलाएर कमाण्ड सम्हालेका कर्मचारी निर्देशक कुलमान घिसिङ विचौलिया र दलालहरूको दुश्मन बनेका थिए र छन्,’ उनले भनिन्, ‘आज तीनै विचौलिया र दलालहरूलाई सहयोग पुग्नेगरी कुलमानजस्तो योग्य र सफल कर्मचारीलाई निरुत्साहित गर्न खोजेको आभास हुन्छ।’

कुलमानलाई निर्भिकताका साथ अगाडि बढ्न अपील गर्दै उनले भनिन् ‘कुलमान जनताको पक्षमा काम गर्दा कुनै शासक चिढिन्छ भने केही फरक पर्दैन।’

उनले माओवादी नेतृत्वको सरकारमा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले सुरु गरेको अभियानले देशमा १८ घन्टे लोडसेडिङ अन्त्य भएको बताइन्। 

सोमबार, १४ साउन २०८१, १४ : ५९

प्रतिक्रिया