फलामको रड प्रहार गरी श्रीमतीको हत्या

सोमबार, १४ साउन २०८१, १६ : २२

काठमाडौँ - दाङको राजपुर गाउँपालिका- १ रसरी खोला निवासी ३८ वर्षीय गणेश घर्तीले फलामको रड प्रहार गरी ३७ वर्षीया श्रीमती वसन्ती घर्तीको हत्या गरेका छन् ।

श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले गणेशलाई घटनास्थलबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए । आइतबार राती खाना खाएर दुबै जना कोठामा सुत्न गएका थिए  । तर बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घरको ढोका खोलेर हेर्दा फलामको रडले टाउकोमा प्रहार गरी श्रीमती हत्या गरेको अवस्थामा सोही कोठाबाट गणेशलाई रडसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।


 

सोमबार, १४ साउन २०८१, १६ : २२

प्रतिक्रिया