काठमाडौँ - निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले नाम फिर्ताका लागि निवेदन दिएका छन् ।
संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने लगभग निश्चित भएपछि प्रधानले आफ्नो नाम फिर्ताका लागि संसदीय सुनुवाइ समितिको सचिवालयमा निवेदन दिएको बुझिएको छ । प्रधानमाथि एक महिलालाई यौन शोषण गरेको उजुरी संसदीय समितिमा परेको थियो । प्रधानको समितिमा सुनुवाइ सकिइसकेको छ ।

प्रतिक्रिया