मातृभूमि लघुवित्त वित्तीय संस्थाले माग्यो सीईओ पदमा दरखास्त

मंगलबार, १५ साउन २०८१, ०७ : ५५

काठमाडाैं- मातृभूमि लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त माग गरेको छ ।  कम्पनीले कार्यकारिणी स्तरमा योग्यता पुगेका, इच्छुक नेपाली नागरिकबाट सीईओका लागि दरखास्त माग गरेको हो ।  संस्थाले सीईओका लागि योग्यता पनि निर्धारण गरेको छ । सीईओ उम्मेदवार मान्यताप्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांक, गणित, व्यापार प्रशासनलगायतका विषयमा  स्नातकोत्तर उत्तीर्ण हुनुपर्नेछ । 

त्यस्तै ४० वर्ष पूरा भई ६० नकाटेको र सम्बन्धित फिल्डमा कम्तीमा १० वर्षको कार्यानुभव भएको हुनुपर्नेछ । 

मंगलबार, १५ साउन २०८१, ०७ : ५५

प्रतिक्रिया