१० लाख नगदसहित ९ जुवाडे पक्राउ

मंगलबार, १५ साउन २०८१, १४ : ०७

काठमाडौँ - काठमाडौँको चुनदेवीबाट जुवा खेलिरहेको र खेलाएको आरोपमा ९ जना पक्राउ परेका छन् । 

यमकुमारी आलेको घरमा ओखर ९जुवा० खेलेको र खेलाएको आरोपमा उनीहरूलाई काठमाडौँ प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको हो ।घटनास्थलबाट १० लाख ११ हजार रुपैयाँ नगद र १३ ओटा ओखर बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका व्यक्तिहरू :

१)सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ-  ०६ जोरपाटी बस्ने ४६ वर्षीय अशोक लामा ।

२) ताप्लेजुङ घर भई हाल टोखा- ०५ बस्ने ३८ वर्षीय नारायण लाबुङ ।

३) काठमाडौँको बुढानीलकण्ठ-  ०५ देउला टोल घर भएका २१ वर्षीय कविर देउला ।

४) काठमाडौँ- १९ वसन्तपुर घर भएका २१ वर्षीय निलेश महर्जन । 

५) काठमाडौँ- १९ इनाटोल घर भएका ४५ वर्षीय राजेश श्रेष्ठ्र

६) बुढानीलकण्ठ- ०५ देउला टोल घर भएका ३३ वर्षीया सरिता देउला । 

७) काठमाडौँ-  १५ डल्लु घर भएका ४८ वर्षीय दीपक महर्जन । 

८) काठमाडौँ- १३ कालिमाटी घर भएका ४८ वर्षीय विवेक महर्जन । 

९) काठमाडौँ- १५ डल्लु घर भएका ५२ वर्षीय प्रकाश शाही ।

मंगलबार, १५ साउन २०८१, १४ : ०७

प्रतिक्रिया