कुवेतमा अलपत्र परेका  नेपालीको उद्धार

मंगलबार, १५ साउन २०८१, १५ : ५६

काठमाडौँ - कुवेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ । 

एजेन्टले कुवेतमा ल्याएर ३र४ महिना देखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गरिएको हो ।

नवलपरासी घर भएका ९ जना मध्य ४ जनालाई उद्धार गरी नेपाल फिर्ता ल्याइएको पूर्व मन्त्री खानका स्वकीय सचिव इन्जिनियर अतिउल्लाह मुसलमान (अश्मिर) ले बताए । उनले अन्य ५ जनाको उद्धारका लागि पनि पहल भई रहेको जानकारी दिए ।

मंगलबार, १५ साउन २०८१, १५ : ५६

प्रतिक्रिया