राप्रपाले मुख्यमन्त्री लामालाई विश्वासको मत नदिने

मंगलबार, १५ साउन २०८१, १६ : २३

काठमाडौँ - राप्रपाले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई विश्वासको मत नदिने भएको छ । 

राप्रपा संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री लामाको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै विपक्षमा मतदान गर्ने बताए । उनले राप्रपा सशक्त प्रतिपक्षको भूमिकामा रहने बताए । उनका अनुसार सङ्घीय सरकारमा पनि विपक्षमा मतदान गरेको र प्रदेशमा पनि विपक्षमा मतदान गर्नेछ । साना दलको आड भरोसामा ठुला दलहरूले शासन सत्ता चलाइरहेको उनको भनाइ छ ।

संविधान संशोधनको स्पष्ट खाका नबनेकाले राप्रपा वर्तमान गठबन्धन सरकारलाई सघाउने पक्षमा नरहेको उनले बताए । वर्तमान सरकारका कारण राप्रपाले बोक्दै आएको सङ्घीयता खारेजी र धर्म निरपेक्षताको एजेण्डामा बल पुग्ने काम गरिरहेको उनले बताए ।

मंगलबार, १५ साउन २०८१, १६ : २३

प्रतिक्रिया