काठमाडौं- नयाँ बसपार्कभित्र पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर २६ नयाँ बसपार्कको ३ नम्बर गेटनजिकै पार्किङ गरी राखिएको बा २ ख २३४४ नम्बरको बसमा मंगलबार युवाको शव फेला परेको हो। यो बस दुई महिनादेखि पार्किङ गरिराखिएको थियो। सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी पार्किङ गरेको बसभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
प्रतिक्रिया