ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालक घाईते

बुधबार, १६ साउन २०८१, १५ : २३

काठमाडौँ-  सिमकोट गाउँपालिका– २ को ठेहे गाउँतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालक गरी दुई जना घाइते भएका छन्। सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको ट्र्याक्टर वडा नम्बर २ को पैरापोरीमा दुर्घटना हुँदा दुई जना घाइते भएका हुन्।

सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको ट्र्याक्टर सिमकोट गाउँपालिका–२ को पैरापोरी भन्ने स्थानमा दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुर बोहराले जानकारी दिए। उनका अनुसार कच्ची सडकबाट पचास मिटर तल खसेको ट्र्याक्टर दुर्घटनाबाट सिमकोट गाउँपालिका– ६ का चालक २७ वर्षका धनबहादुर सुनार र सहचालक सिमकोट गाउँपालिका– २ का २३ वर्षका प्रिती सुनार घाइते भएका छन्।

घाइते दुबै जनालाई ठेहे स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि जिल्ला अस्पतालमा उपचार सुरु गरिएको छ। कर्णली प्रदेश ०२००१ त ० ३५२ नम्बर ट्र्याक्टर दुर्घटना भएको हो। ट्र्याक्टरमा सिमकोटबाट खाद्यान्न लोड गरिएको थियो।

बुधबार, १६ साउन २०८१, १५ : २३

प्रतिक्रिया