काठमाडौँ - पोखरामा रहेको एक कपास उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको छ ।
पोखरा ३ तेर्सापट्टी स्थित अनन्त कतिलाले सञ्चालन गरेको पश्चिमाञ्चल कपास उद्योग आगो लागेको प्रहरीले जनाएको छ । प्रहरी, आर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ । आगो लागेर करिब २२ लाख बराबरको क्षति भएको सञ्चालकले दाबी गरेका छन् । उद्योगमा रहेका कपास, कपडा र मेसिन सहित घरमा क्षति भएको छ ।
प्रतिक्रिया