बाघको आक्रमणबाट एक जनाको मृत्यु

विहीबार, १७ साउन २०८१, १३ : ५४

काठमाडौँ - कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार शाह उखुबारीमा आज मृत फेला परेकी हुन्। ‘खेतमा धान गोड्ने बेला बाघले आक्रमण गरेको रहेछ’ उनले भने।  उनको घटनास्थलमै मृत्यु भएको उनको भनाइ छ।

मृतक शाहको शव परीक्षणका लागि दोधारा चाँदनी  अस्पतालमा राखिएको छ। यसै गरी मङ्गलवार कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकामा पनि बाघको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–५ की मानमती साउँद घाइते भएकी थिइन्।

विहीबार, १७ साउन २०८१, १३ : ५४

प्रतिक्रिया