टीआरसी विधेयकमा जुट्यो सहमति

विहीबार, १७ साउन २०८१, १६ : २७

काठमाडौं – शान्ति प्रक्रियाको महत्वपूर्ण अङ्ग बनेको संक्रमणकालीन न्यासम्बन्धी विधेयक (टीआरसी) मा शीर्ष तीन दलले सहमति जुटाएका छन्। बिहीबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको तीन दलको संयन्त्र (कार्यदल)को बैठकले बाँकी भएका विषयमा सहमति जुटाउँदै प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने निर्णय गरेको हो। यस्ता छन् 

सहमतिका चार बुँदा यस्ता छन् 

१. आर्बिटरी किलिङ – गम्भीर मानव अधिकारका उल्लङ्घनका घटना, यौनजन्य, नियतवश वा स्वेच्छाले घटाइएको घटना

२. दोस्रोमा बहिर्गमित लडाकु र सुरक्षाकर्मीको परिवारलाई राहत दिने

३. घटी सजायमा २५ प्रतिशत राख्ने विषयमा सहमति

४. सहमति नभए महान्यायाधिवक्तालाई लेखी पठाउने ।

संयन्त्रमा नेकपा एमालेको तर्फबाट मुख्य सचेतक महेश बर्तौला, नेपाली कांग्रेसको तर्फबाट गृहमन्त्री रमेश लेखक र नेकपा माओवादी केन्द्रको तर्फबाट उपमहासचिव जनार्दन शर्मा सदस्य छन्। 
 

विहीबार, १७ साउन २०८१, १६ : २७

प्रतिक्रिया