काठमाडौं –सत्तारुढ दल नेकपा एमालेमा प्रदेश इन्चार्जहरु हेरफेर गरेको छ ।
पार्टी सचिव पद्या अर्याल लुम्बिनी र लेखराज भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज कायमै रहेका छन् भने बाँकी प्रदेशमा नयाँ इन्चार्ज तोकिएका छन् ।
कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनेका छन् ।
यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए । बराल बढुवा भएर उपाध्यक्ष मनोनित भएकाले इन्चार्जको जिम्मेवारीबाट हटे ।
प्रतिक्रिया